skip this yams_Max_Hospital.jpeg

काठमाडौं उपत्यकामा अब राती ८ बजेपछि पनि सवारी चलाउने पाईने

873 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ : काठमाडौं उपत्यकामा राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी संचालनमा गर्न पाइने भएको छ ।
यसअघिको निर्णयलाई खारेज गर्दै स्थानीय प्रशासनले नयाँ निर्णय गरेको हो ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारकाे बैठकले यसअघि गरिएको निर्णयमा पुनर्विचार गर्दै सो निर्णय खारेज गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार अब भदौ ९ गतेदेखि राति ८ बजेपछि  पनि निजी तथा सार्वजनिक सवारी संचालन गर्न पाइनेछ ।
निषेधाज्ञा एक हप्ता थपियो
यसैबीच उपत्यकामा निषेधाज्ञाको अवधि थप एक हप्ता लब्याउने निर्णय गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुली, भक्तपुरका प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रजिअ ढुन्डी प्रसाद निरौलाले कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै भदौ १६ सम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेका हुन् । स्थानीय प्रशासनले सभा, सम्मेलन, सिनेमा हल, डान्सबार, स्विमिङ पुल र खेलकुद प्रतियोगिता आयोजना गर्न रोक लगाउनको यसअघिको निर्णयलाई निरन्तरता दिएको छ । जुलुस गर्न र भौतिक उपस्थितिमा शैक्षिक संस्था संचालन गर्न पनि रोक लगाइएको छ ।
ढुवानी विहान र बेलुका
स्थानीय ढुवानी बिहान ९ देखी ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न पनि रोक लगाइएको काठमाडौंका प्रजिअ पराजुलीले बताए ।

nijgadh-supermart-adz1200-630