एमसीसी आत्मघाती छ, यो खारेज गर्नुपर्छ : सांसद दुर्गा पौडेल
वि.सं.२०७८ फागुन १५ आइतवार १७:५४
1.21K
shares

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताका दफा उपदफा तथा अमेरिकी मन्त्री, राज्यमन्त्री र राजदूतहरुले दिएका अभिव्यक्तिबाट सैन्य रणनीति अन्तर्गत भएकाले स्वीकार्न नहुने बताएकी छन् ।
प्रतिनिधिसभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद पौडेलले यो परियोजना चीन विरुद्धको घेराबन्दीबाहेक अरु केही नहुने भन्दै यसको विपक्षमा आफ्नो पार्टी उभिने बताइन् ।
‘एमसीसी आर्थिक र विकास सम्बन्धी योजना भएको बताइन्छ तर अमेरिकाका मन्त्रीहरुले एमसीसी इण्डोप्यासिफिक रणनीति आइपीएसको अंग भएको बताएका छन्’ पौडेलको भनाइ छ ।
त्यस्तै उनले एमसीसी नेपालका लागि आत्मघाती भएकाले खारेजी गर्न माग गरिन् ।
वि.सं.२०७८ फागुन १५ आइतवार १७:५४
















