प्रधानमन्त्रीलाई सुवालको आग्रह : एमसीसी खारेज गरेर महाकाली सन्धिको कलङ्क मेटाउनुहोस्
वि.सं.२०७८ फागुन १५ आइतवार २०:५१
861
shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौतालाई खारेज गरेर महाकाली सन्धिमा लागेको कलङ्क अलिकति भए पनि मेटाउन आग्रह गरेका छन् ।
प्रतिनिधि सभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै सुवालले यो दुई पक्षीय सम्झौता भएको र एकतर्फी घोषणा मान्य नहुने एमसीसी फातिमा सुमारले बताइसकेको अवस्थामा सरकारले ढाँट्ने काम किन गर्दैछ भनेर प्रश्न गरे ।
उनले भने, ‘एमसीसीले भदौ २३ मा पठाएको पत्रमा चार ठाउँमा संशोधन नहुने उल्लेख छ । आजको घोषणको औचित्य के ?’ उनले आईपएसी भिजन २०१९ को पृष्ठ १३ मा एमसीसीको खर्च सैन्य मोर्चा भएको उल्लेख गरेको स्मरणसमेत गराए ।
वि.सं.२०७८ फागुन १५ आइतवार २०:५१

















