skip this

व्याख्यात्मक घोषणाले एमसीसीका सवालमा आमसहमति कायम : डा.मिनेन्द्र रिजाल

780 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा। मिनेन्द्र रिजालले एमसीसी सम्झौताबारेको व्याख्यात्मक घोषणाले तीन वटा नयाँ कुरा आएको बताएका छन् । प्रतिनिधिसभामा एमसीसी सम्झौताको व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै उनले व्याख्यात्मक घोषणामा यो सम्झौता तत्काल लागू हुने भनिएको प्रस्ट पारे ।
व्याख्यात्मक घोषणामा एमसीसी सम्झौताकै व्याख्या गरिएका कारण तत्काल लागू हुनेमा समस्या नरहेको उनको भनाइ थियो । दोस्रो कुरामा उनले आम नागरिकबारे एमसीसीबारे रहेको भ्रमलाई व्याख्यात्मक घोषणाले हटाएको प्रस्ट पारे ।
तेस्रो कुराका रुपमा उनले गठबन्धनभित्रको फरक मतलाई हटाएर साझा अवधारणा बनाइदिएको चर्चा गरे । उनले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने सवालमा आम सहमति भएको बताए । उनले संसदभित्रै नाराबाजी गरिरहेका विपक्षी सांसदहरुले समेत एमसीसीको विरोध नगरेको प्रस्ट पारे ।

nijgadh-supermart-adz1200-630