बनेपाको पुलबजारमा भेटियो ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु
वि.सं.२०७८ फागुन १६ सोमवार ०८:३७
प्रतिकात्मक तस्वीर
काठमाडौं । अरनिको राजमार्गअन्तरगत काभ्रपलाञ्चोकको पुलबजारमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले उक्त क्षेत्रमा सवारी आवागमन रोकेको छ ।
यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाएको छ । शंकास्पद वस्तु बम हुनसक्ने अनुमान गरिएको छ । उक्त शंकास्पद वस्तुमा ‘नो एमसीसी’ लेखिएको छ ।
उक्त क्षेत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली जाँदैछ ।
यसैगरी बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।
वि.सं.२०७८ फागुन १६ सोमवार ०८:३७

















