skip this yams_Max_Hospital.jpeg

मादक पदार्थ सेवन गरेर धन्सार खाेला तर्न खाेज्दा महिलाको मृत्यु (भिडियो सहित)

840 shares
oil-nigam-amlekhgunj-adv.jpeg

शान्तकुमार सापकोटा
बारा (निजगढ): बारा र राैतहट सिमा भएर बग्ने धन्सार खाेलाले बढाउँदा एक महिलाकाे मृत्यु भएकाे छ ।
राैतहटकाे ईपिलिघारीमा अस्थायी रुपमा बस्दै आएकी ६० वर्षिया कमला परियारकाे खाेला तर्ने क्रममा बगाउँदा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
शुक्रबार घरबाट हिडेकी कमलाकाे शव शनिबार विहान खाेलामा माछा मार्न गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय प्रमुख शंकर चाैधरीकाे नेतृत्वमा अस्थायी प्रहरी पाेष्ट सिंगाैलकाे समेतकाे टाेली घटना स्थल पुगेकाे थियाे । खाेलामा शव भेटिएपछि ठुलो संख्यामा स्थानीय जम्मा भएका थिए ।
७ घण्टापछि शवकाे पहिचान
शव भेटिएको ७ घण्टापछि मात्र पहिचान खुलेकाे थियाे । प्रहरी र स्थानीयकाे साेधखाेजका क्रममा शवकाे पहिचान भएपछि मृतककाे श्रीमान सिताराम विक सम्पर्कमा आएका थिए ।
मृतक महिला मादक पदार्थ सेवन गरेर खाेला तर्न खाेज्दा बगाएको अनुमान गरिएको छ ।
पाेष्टमार्टम गर्न आर्थिक अभाव
आर्थिक रुपमा विपन्न मृतककाे परिवार सिमरास्थित सुकुम्बासी बस्तीमा बस्ने गरेकाेमा साँझ विहानकाे छाक टार्न गाउँ-गाउँमा ज्यालामजदुरी गर्दै हिड्ने गरेकाे छन् ।
मृतकको शव पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल कलैया पठाईएकाे छ । पाेष्टमार्टन गर्न समेत आर्थिक अभाव हुने देखिएपछि सहयोग जुटाईएकाे छ । मकवानपुरको बकैया १ का स्थानीय कृषल लामाले ५ हजार आर्थिक सहयोग गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस् https://youtu.be/V_CgdUV_lBQ

nijgadh-supermart-adz1200-630