लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको फराकिलो जित

वि.सं.२०७८ भदौ १३ आइतवार ०६:३९
465
shares

काठमाडौँ : जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले हेर्था बर्लीनलाई फराकिलो अन्तरले हराएको छ । शनिबार राति भएको खेलमा बायर्नले हेर्थालाई ५-० गोलले पराजित गरेको हो ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्दा थोमस मुलर र जमल मुसिआलाले एक/एक गोल गरे ।
जितसँगै बायर्न ३ खेलमा ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार व्यहोरेको हेर्था अंक विहीन छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार ०६:३९