skip this yams_Max_Hospital.jpeg

प्रदेश २ का १० सांसदले गरे लोकतान्त्रिक समाजवादीलाई सनाखत

993 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम : प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले सनाखत गरेका हुन् ।
   सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साह छन् ।
    बुधबार १० जनाले सनातखत गरेको र अन्यले भोलि पनि सनाखत गर्ने सांसद परमेश्वर साहले बताए ।
     निर्वाचन आयोगले दल रोज्नका लागि जनप्रतिनिधीलाई भदौ २२ गतेसम्मको समय तोकेको छ ।

nijgadh-supermart-adz1200-630