skip this yams_Max_Hospital.jpeg

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

864 shares
oil-nigam-amlekhgunj-adv.jpeg

ओखलढुंगा : ओखलढुंगामा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको सिद्धिचरण राजमार्गस्थित ताराबारीमा मानेभञ्ज्याङ गाउँपालिका–५ का रेवतबहादुर पुलामी मगरले चलाएको बा३६प ३५२२ नंको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी मानबहादुर मगरकी श्रीमती अन्दाजी ५१ वर्षीया कृष्णमाया घाइते भएकी थिइन् ।
बुधबार दुर्घटनामा घाइते मगरको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिए ।
घटनापछि फरार रहेका मोटरसाइकल चालक र चलाएको मोटरसाइकललाई मानेभञ्ज्याङ प्रहरीले नियन्त्रण लिएको छ ।

nijgadh-supermart-adz1200-630