skip this yams_Max_Hospital.jpeg

एसएमजी चोरी प्रकरण : २८ महिनादेखि थुनामा रहेका दुई सैनिक रिहा

417 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सैनिक ब्यारेकबाटै एसएमजी (सर्ट मेसिन गन) चोरी गरेको अभियोगमा पक्राउ परेका दुई सैनिक शुक्रबार रिहा भएका छन् ।
सैनिक विशेष अदालतले थुनामक्त गर्न आदेश दिएपछि जिल्ला कारागार चितवनबाट सेनाका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ रिहा भएका छन् । उनीहरु विगत २८ महिनादेखि थुनामा थिए ।
सैनिक अदालतले उनीहरुलाई तीन वर्षसम्म पदोन्नतिमा रोक्का गर्ने निर्णय गरेको छ । उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान गंगाधर ढकालको साथबाट भेटिएको थियो ।
सोही आधारमा सैनिक अदालतले ढकाललाई जन्मकैदको सजाय तोकेको छ । ढकाललाई सैनिक अदालतले सोही हतियार प्रयोग गरी आफ्नै गणमा कार्यरत साथी भरत गुरुङको हत्यामा कसुरदारसमेत ठहर गरेको छ ।

nijgadh-supermart-adz1200-630