skip this farak Kura Pravakar

बारामा मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ

747 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : मोटरसाइकल चोरीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बारा प्रहरीले बारा पर्सौनी–१ का २२ वर्षीय सुरज रामलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
भदौ १६ गते राति बारा पर्सौनी गा.पा.४ खुटवा टोलका महबुब मियाँ अन्सारीको घरको आगनमा राखिएको ना ३६ प ३०२५ नम्बरको सीबी साइन मोटरसाइकल चोरी भएको थियो ।
सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहत इकाइहरूले जिल्ला बाहिर जाने सबै नाका सिल गरी चेकजाँच गर्दा चोरी भएको मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताए ।
मोटरसाइकल सहित पक्राउ रामलाई चोरी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630