skip this farak Kura Pravakar

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको सामुहिक हत्या

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ ।
   आइतबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए ।
     सोमबार बिहान प्रहरीमा घटनाबारे जानकारी आएको डीएसपी सुबेदीले बताए ।
   उनले जिल्लाबाट प्रहरी घटनास्थलतर्फ गएको उनले जानकारी दिए । प्रहरीका अनुसार ५८ वर्षिय तेजबहादुर कार्की, उनकी ८० वर्षीया आमा पार्वता कार्की, श्रीमती ५६ वर्षीया कमला कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको छ । डीएसपी सुवेदीका अनुसार घटनास्थल नजिकैको प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ ।
    जिल्लाबाट गएको प्रहरी सोमबार अपरान्हसम्म घटनास्थल पुग्नेछ । घटनाबारे थप विवरणहरु प्राप्त हुन सकेको छैन ।

nijgadh-supermart-adz1200-630