skip this yams_Max_Hospital.jpeg

रातभरिकाे वर्षाले काठमाडौंकाे विभिन्न स्थान डुवान

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं :  काठमाडौंमा रातभरि वर्षा भएकाे छ । वर्षाले जमेकाे पानीले दर्जनौं स्थान डुवानमा परेकाे छ ।
   काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।
   काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । एसएसपी सिंहका अनुसार मानवीय क्षति भने भएको छैन ।
वर्षकै उच्च वर्षा
काठमाडौंमा याे वर्षकै ठुलाे वर्षा भएकाे छ ।काठमाडौं अति भारी वर्षा मापन भएको मौसमविद मिनकुमार अर्याल बताउँछन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिभुवन विमानस्थल क्षेत्रमा बिहानपख ३ बजेदेखि ६ बजेसम्मको अवधिमा १ सय ५ मिलिमिटर वर्षा मापन भएको छ । काठमाडौंमा आइतबार राति दुई बजेदेखि पानी पर्न थालेको थियो । अहिले पनि वर्षा जारी छ । पानी पर्ने क्रम अझै केही समय जारी रहने पूर्वानुमान गरिएको छ ।
नदी तटिय क्षेत्र बढी प्रभावित
बाढीले काठमाडौंको खोला किनारका बस्ती नराम्रोसँग प्रभावित भएका छन् । बल्खुको तरकारी बजार पूरै डुबानमा परेको छ । गाडीहरु पनि बाढीमा फसेका छन् । बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा बाढी आएको छ । सो बाढीले तटीय क्षेत्रका बस्तीहरु डुबाएको छ । घरमा बाढी पसेपछि स्थानीयको बिचल्ली भएको छ । उनीहरु घरभित्र पसेको पानी फाल्न व्यस्त देखिन्छन् । शंखमुलको खोला किनारको सडकसम्मै बाढी आएको छ । विशेषगरी खोला किनारका सुकुम्वासी बस्तीहरु बढी प्रभावित भएका छन् ।

nijgadh-supermart-adz1200-630