२४ घण्टामा १८९७ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

वि.सं.२०७८ भदौ २१ सोमवार १८:४८
1.21K
shares

काठमाडौं : पछिल्लो २४ घण्टामा १८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ९७९ जनामा गरिएको परीक्षणमा १८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा २० जनाको संक्रमणबाट मृत्यु भएको छ भने १७ सय ४३ जना निको भएर फर्किएका छन् ।
मन्त्रालयका अनुसार देशभर ३०९७३ जना सक्रिय संक्रमित रहेका छन् ।

वि.सं.२०७८ भदौ २१ सोमवार १८:४८