skip this farak Kura Pravakar

गोरखाको मनकामना र गोरखकाली मन्दिर भदौ २३ देखि खुला गरिने

759 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : गोरखाको मनकामना र गोरखकाली मन्दिर भदौ २३ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ ।
   मन्दिर खुलेसँगै भक्तजनहरुले पूजाआजा गर्न पाउनेछन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले निश्चित मापदण्ड बनाएर धार्मिकस्थलहरु भक्तजनका लागि खुला गर्ने निर्णय गरेको हो ।
ल बढी भीडभाड हुने मनकामना मन्दिरमा भने ढोका बाहिरबाट पूजा गर्ने व्यवस्था मिलाउनुपर्ने मापदण्ड तयार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए । ‘भक्तजनले ल्याउनुभएको पूजाका सामग्री मन्दिरका सहयोगीहरुले मूल पुजारीसम्म पुर्‍याइदिनुहुन्छ,’ उनले भने, ‘उहाँहरुले चाहिं बाहिरैबाट दर्शन गर्नुहुनेछ ।’
मन्दिर दर्शनका लागि लाइनमा बस्दा कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने उनले बताए । मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । यसैगरी मन्दिर परिसरमा साबुनपानीले हात धुने ठाउँको व्यवस्था गर्नुपर्ने, मन्दिरका पुजारी, कर्मचारी र सुरक्षाकर्मीले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्ने र आवश्यकताको आधारमा फेसशिल्ड पनि प्रयोग गर्नुपर्ने निमित्त प्रजिअ भण्डारीले बताए । ‘मन्दिरका पुजारी, कर्मचारी, मनकामना क्षेत्र विकास समितिका कर्मचारी तथा सहयोगी स्वयंसेवकहरुको नियमित ज्वरो नाप्न, रुघाखोकी लागे नलागेको सूचना लिन र त्यस्तो पाइएमा काममा सहभागी नगराउन भनेका छौं,’ उनले भने ।
   जिल्लाका अन्य धार्मिक स्थलहरुमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पूजाआजा गर्न भनिएको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाख १६ गतेदेखि सर्वसाधारणलाई मन्दिरमा पूजाआजा गर्नका लागि रोक लगाइएको थियो ।

nijgadh-supermart-adz1200-630