skip this farak Kura Pravakar

कुवेतमा मदिरा कारखाना सञ्चालन गर्ने ४ नेपाली पक्राउ

1.81K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कुवेत : कुवेतमा अवैध मदिरा कारखाना बनाएको आरोपमा ४ जना नेपाली पक्राउ परेका छन् । कुवेतको हवालीस्थित ९ वटा अपार्टमेन्टमा नेपालीहरुले मदिरा कारखाना बनाएको जनाइएको छ ।
   अपार्टमेन्टमा मदिरा कारखाना बनाएको सूचनापछि कुवेतको गृह मन्त्रालयले प्रहरी परिचालन गरेको थियो ।  
  कुवेत प्रहरीले ती अपार्टमेन्टबाट ४ जना नेपालीलाई नियन्त्रणमा लिएको हो । खानतलासीमा सयौं ब्यारल रक्सी तथा मदिरा बनाउने सामान प्रहरीले नियन्त्रणमा लिएको छ।
    पक्राउ परेका नेपालीलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। कुवेतमा पछिल्लो समय अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा नेपालीहरूको संलग्नता देखिन थालेको छ।
   यसअघि पनि अवैध मदिरा उत्पादन तथा बिक्री वितरणको मुद्दामा प्रहरीले केही नेपाली पक्राउ गरिसकेको छ।

nijgadh-supermart-adz1200-630