कानुनी मन्त्रीमा अधिवक्ता गोविन्द बन्दी मन्त्रीमा नियुक्त,२ बजे शपथ
वि.सं.२०७८ चैत २४ बिहीवार १३:०७
2.2K
shares

काठमाडौँ ।अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् ।आज आफूलाई कानुनमन्त्रीमा नियुक्त गरिएको बन्दीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् ।
नवनियुक्त मन्त्री बन्दीका अनुसार बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्र्यक्रम छ । बन्दी संघीय संसदमा सदस्य छैनन् । ६ महिनाभित्र संघीय संंसदको सदस्यता प्राप्त गर्न नसकेमा स्वतः उनको मन्त्री पद गुम्नेछ ।
वि.सं.२०७८ चैत २४ बिहीवार १३:०७
















