skip this yams_Max_Hospital.jpeg

थारु समुदायले अटवारी पर्व मनाउँदै  

621 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन् । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् ।

महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक कुलबिर चौधरीका अनुसार अटवारी पर्व थारु समुदायको माघी र दसैं पछिको ठूलो चाड हो ।

दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका यो पर्व मनाउने गर्दछन् । स्थानीय सरकारहरुले अटवारी पर्वको अवसरमा थारु समुदायलाई सार्वजनिक विदा दिने गर्दछन् ।

यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन छ । दिदीबहिनीका लागि छुट्याइएको भागलाई ‘अग्रासन’ भनिन्छ ।

अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पुर्‍याइदिने गरिन्छ । अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीहरुले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने र उपहार दिने चलन पनि छ ।  नेपाली कांग्रेस दाङका नेता योगेन्द्र चौधरी दाजुभाइ-दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाइने बताउँछन् ।

‘दिदीबहिनी, दाजुभाइ र छिमेकीको बीचमा माया, ममता, सदभाव र भातृत्व जगाउने पर्वको रुपमा अटवारीलाई लिइन्छ,’ चौधरीले भने ।

nijgadh-supermart-adz1200-630