skip this farak Kura Pravakar

बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टोली फेरि पनि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी सविता रानामगर र प्रीति राईको गोलले नेपालले जितेको थियो । दोस्रो खेलमा नेपालको सुरुवाती ११ मा परिवर्तनको सम्भावना न्यून छ ।पहिलो मैत्रीपूर्ण खेलमा लेफ्ट ब्याक हिराकुमारी भुजेल घाइते भए पनि उनी अभ्यास सत्रमा सहभागी भएकी छन् । यसअघि हिराको स्थानमा सृजनाले डेब्यु गरेकी थिइन् ।प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो मैत्रीपूर्णसमेत सोही सेट उतार्न सक्छन् । खेल अनुकूल नभएमा उनले नयाँ खेलाडी डेब्यु गराउन सक्छन् ।पहिलो मैत्रीपूर्णमा सविता र प्रीतिसहित रस्मी घिसिङ र सृजना सिंहले डेब्यु गरेका थिए ।आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलको हो ।एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपाली टिमले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।

nijgadh-supermart-adz1200-630