मौसममा बदली, कस्तो रहला आजको मौसम ?

वि.सं.२०७८ भदौ २७ आइतवार ०८:३९
951
shares

काठमाडौँ : नेपालमा केही दिन ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
यद्यपि, हल्कादेखि मध्यम वर्षा भने कायमै रहनेछ ।
महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू-भागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ ।
मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ ।
आज दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वि.सं.२०७८ भदौ २७ आइतवार ०८:३९