skip this farak Kura Pravakar

काठ तस्कर र प्रहरीबिच झडप, तीन राउन्ड हवाई फायर

771 shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगन्ज : पर्सामा काठ तस्कर र प्रहरीबिच झडप भएको छ । झडपका क्रममा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ ।
   पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र काठ तस्करबिच सोमबार बिहान ४ बजे भिडन्त भएको हो ।
   पटेर्वासुगौली गाँउपालिकाको फरहादवा नजिक पर्ने जङगलबाट सालको गोलिया काठ मोटरसाइकलमा राखेर ल्याउँदै गरेका चार वटा मोटरसाइकलमा सवार ८ जना तस्करलाई प्रहरीले रोक्ने क्रममा भिडन्त भएको हो ।
   ५ जनाको प्रहरी टोलीले रोक्न खोज्दा ८ जनाको संख्यामा रहेका काठ तस्करहरुले प्रहरीमाथि नै जाइलागेपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउन्ड हवाई फायर गर्नु परेको प्रहरी नायव उपरीक्षक खनालले बताए ।
   प्रहरीले हवाई फायर गरेपछि तस्करहरु दुई वटा मोटरसाइकल र काठ छाडेर भागेको खनालले बताए।
   घटनास्थलबाट  काठ तस्करीमा प्रयोग भएका दुई वटा मोटरसाइकल र दुई वटा ठूला गोलिया काठ बरामद गरिएको खनालले जानकारी दिए।

nijgadh-supermart-adz1200-630