skip this yams_Max_Hospital.jpeg

विश्वकर्मा पूजाको रौनक (फोटोफिचर)

447 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : आज विश्वकर्मा पूजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजा गरेर मनाइँदै छ । मेसिन तथा फलामे उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसँग विश्वकर्मा पूजा गर्दछन् ।
प्रविधि र मेसिनरी सामाग्रीहरूको पूजा गरी भगवान विश्वकर्माको पूजा गर्ने परम्परा छ । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा पनि मनाइन्छ ।
हिन्दु संस्कृति अन्तर्गत शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्व दर्शाइएको छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी परापूर्वकालबाटै पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रका ज्ञाताहरु बताउँछन् ।

भगवान विश्वकर्मा सम्झनामा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ ।
आज सवारीसाधन, मेसिन, कल पाटपुर्जा तथा धातुका उपकरणको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ ।

मिठाई पसलमा भिडभाड
विश्वकर्मा पूजामा मिठाईको महत्व हुन्छ । विहानैदेखि मिठाई किन्न उपभोक्ताको मिठाई पसलमा भिडभाड छ । व्यवसायिलाई भ्याइनभ्याई हुन्छ । त्यसैगरि सवारी साधन धुनका लागि वर्कसप र वास सेन्टरमा समेत सवारी साधनको घुँइचो छ ।

फरक नेपालमा विश्वकर्मा पूजा
फरक नेपाल डटकमले पहिलो विश्वकर्मा पूजा मनाएको छ । स्थापनाको दोस्रो महिनामै पाठकमाझ लोकप्रिय बनेको फरक नेपालले आफ्नो कार्यालयमा सञ्चार सामाग्री पुजा गरेर विश्वकर्मा पूजा मनाएको हो ।


हेर्नुस् तस्वीरहरु :

nijgadh-supermart-adz1200-630