एनआरएनए कतारद्वारा अलपत्र ४ नेपालीको उद्धार
वि.सं.२०७८ भदौ ३१ बिहीवार २१:२६
495
shares
दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले हवाई भाडा जुटाउन नसकेर अलपत्र परेका ४ जना नेपाली श्रमिकहरुलाई टिकटको ब्यवस्थापन गरी स्वदेश पठाएको छ ।
विभिन्न कारणले रोजगारी गुमाएर केही समयदेखि नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका उनीहरुलाई नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा एनआरएनएले हवाई टिकटको व्यवस्था गरेको हो ।
एनआरएनएका अनुसार यसरी फर्किनेहरुमा काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल,मोहत्तरीका उदय कुमार यादब र बाजुराका विकाश शाही रहेका छन् ।
यसअघि पनि एनआरएनएले कोरोना भाइरसका कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाइभाडा जुटाउन नसकेका ५५ जनालाई हवाई टिकट सहयोग गरेको थियो ।
वि.सं.२०७८ भदौ ३१ बिहीवार २१:२६