एमालेको विरोधकाबीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पास

वि.सं.२०७८ असोज ४ सोमवार १२:१२

Minister for Home Affairs Janardan Sharma speaks at the Legislature-Parliament in Kathmandu, on Sunday, July 30, 2017. Photo: RSS
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच ‘विनियोजन विधेयक २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा एमालेको नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कार्यसूची अघि वढाएका थिए।
अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसपछि सभामुख सापकोटाले विधेयक निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको घोषणा गरेका छन् ।
विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेका थिए । आज बजेट निर्णयार्थ प्रस्तुत गरिने भएपछि सत्तारुढ गठबन्धनमा रहेका सबै सांसद उपस्थित भएका थिए ।

वि.सं.२०७८ असोज ४ सोमवार १२:१२