skip this farak Kura Pravakar

आजको मौसम : तीन प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

510 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ  : हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।
  आज बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले बुधवार राती पनि देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।
  हाल देशमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ ।

nijgadh-supermart-adz1200-630