skip this yams_Max_Hospital.jpeg

घरमा पहिराे खस्दा गुल्मीमा तीन दिदिबहिनी पुरिए

483 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ- गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
    मंगलबार राति १२ बजेतिर भारी वर्षासँगै खसेको पहिरोले घर पुरिँदा रेसुङ्गा नगरपालिका-८ खानिगाउँ थुम्का लाइनका तिलक परियारका तीन छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
   मृत्यु हुनेमा २१ वर्षीया भावना, १४ वर्षीया गंगा र १४ वर्षीया जमुना छन् । उनीहरु तीनै जना दिदीबहिनी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
  गंगा-जमुना जुम्ल्याहा हुन् । पहिरोले एक तले पक्की घर पुरिँदा बीचको कोठामा सुतेका तीन उनीहरुको मृत्यु भएको पाण्डेले बताए ।
   तीलकको ६ जनाको परिवारमा उनीसहित श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630