पहिराेकाे सवारी जाम : लेन मिचेर ओेभरटेक गर्नेलाई कारबाही सुरु
वि.सं.२०७८ असोज ६ बुधवार ०९:४५
काठमाडौं : चितवनकाे ईच्छाकामना गाउँपालिका- ४ स्थित घाेप्टेभिरमा मंगलबार राती ११:४५ बजे पहिराे गएकाे छ ।
पहिरोसंगै काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने सवारी साधन राेकिएकाे छ ।
सवारी जामलाई व्यवस्थित गर्दै प्रहरीले ठाउँठाउँमा सवारी साधन राेकेकाे थियाे । राेकेर राखेकाे सवारी साधन नभागाेस् भनेर कागजात लिएकाे थियाे । लेन अनुशासन कायम गरेर विहान ८ बजे सवारी सञ्चालन गर्न सुरु गरेकाे छ ।
ओभरटेक गरे कारबाही
लेन अनुशासन ताेडेर ओेभरटेक गर्ने सवारी चालकलाई प्रहरीले कारबाही थालेकाे छ ।
चितवनबाट पाेखराकाे लागि छुटेकाे ना.६ ख ६१९५ नम्बरको बसले ओभरटेक गर्दा प्रहरीले राेकेर काजगपत्र नियन्त्रण लिएकाे छ ।
पहिराे पन्छाएर पनि जाम खुल्न समय लाग्ने समस्याको कारण सुरुदेखि नै व्यवस्थित गर्न थालेकाे प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ असोज ६ बुधवार ०९:४५