skip this farak Kura Pravakar

नेकपा (एकीकृत समाजवादी) को महासचिवमा डा. बेदुराम भुसाल

969 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं :  माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ ।
   बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो । ‘सचिवालय बैठकले महासचिवमा डा. भुसाललाई चयन गर्ने सहमति जुटेको छ, अव बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिन्छ ’ एक नेताले भने ।
   महासचिवमा डा. भुसालसँगै नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, विजय पौडेल लगायतले आकांक्षा राखेका थिए ।
    एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ ।
    केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने छ ।

nijgadh-supermart-adz1200-630