skip this farak Kura Pravakar

सुनको भाउ प्रतितोलामा ५०० रुपैयाँ घट्यो  

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ : नेपालमा हिजोको तुलनामा आज सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेको छ । आज यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य ११६५ रुपैयाँ थियो । आज ११५५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630