skip this yams_Max_Hospital.jpeg

चर्चित नेतृ रामकुमारी झाँक्री बनिन् एकीकृत समाजवादीको सचिव

1.29K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : चर्चित नेतृ रामकुमारी झाक्रिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकाे सचिवकाे जिम्मेवारी पाएकी छिन् ।
   एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको टुङ्गो लगाएकाे छ ।
पदाधिकारीको नाम अनुमोदन गर्न लागेको हो। केन्द्रीय समितिको हलबाट अनुमोदनको तयारी भइरहेकाे हाे ।
  यसअघि एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन भएकाे समाचार सार्वजनिक भइसकेको छ ।
अन्य पदाधिकारी काे-काे ?
पार्टीले चार जना उपाध्यक्ष बनाएको छ। राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई उपाध्यक्ष भएका छन्।
   उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्।
   त्यस्तै समाजवादीले चार जना नै सचिव बनाएको छ। झाक्रिसहित जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी सचिव भएका छन् ।  ‘

nijgadh-supermart-adz1200-630