skip this yams_Max_Hospital.jpeg

मुक्तिनाथ मन्दिर आइतबारदेखि खुल्ने, दर्शन गर्न खोप कार्ड वा पीसीआर रिपोर्ट चाहिने

684 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : आगामी आइतबार (१० असोज) देखि मुक्तिनाथ मन्दिर दर्शन खुला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले यस्तो निर्णय गरेको हो ।
   कोरोना भाइरसको महामारी फैलिएसँगै मुक्तिनाथ दर्शन बन्द भएको थियो । नजिकिएको दशैंमा आउने दर्शनार्थीलाई लक्षित गरी स्थानीय प्रशासनले मन्दिर खुला गर्ने निर्णय गरेको हो ।
   तर, जिल्लामा प्रवेश गर्ने विदेशी तथा स्वदेशी पर्यटकको साथमा भने खोप लगाएको कार्ड वा पीसीआर रिपोर्ट भने अनिवार्य गरिएको छ ।
  मुस्ताङ जिल्लामा स्थायी बसोबास गर्ने व्यक्ति र पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीबाहेकको साथमा ७ दिन भित्रको पीसीआर नेगेटिभ रिर्पोट आएको प्रमाण हुनु पर्नेछ ।
  खोप कार्ड वा ७२ घण्टा भित्रको एन्टिजेन परीक्षण रिपोर्ट भए पनि हुने छ ।

nijgadh-supermart-adz1200-630