skip this farak Kura Pravakar

नुहाउने क्रममा आमालाई करेन्ट लाग्याे, बचाउने क्रममा छोराको मृत्यु

882 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
   मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् ।
    इलाका प्रहरी कार्यालय मिर्चैयाकाअनुसार  करेन्ट लागेर झाको मृत्यु भएको हो ।
  चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो ।
   आमालाई बचाउने प्रयास गर्दा अश्वनीकुमारको करेन्ट लागेर मृत्यु भयो । करेन्ट लागेर झाकी आमा भने गम्भीर घाइते भएकी छन् । उनको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ ।
   आमालाई बचाउन पुगेका छोराकै मृत्यु भएपछि स्थानीय शोकमा डुबेका छन् ।

nijgadh-supermart-adz1200-630