skip this farak Kura Pravakar

मोवाइल चोरेर भाग्दै गर्दा समातिएको साथीबाट पाेल खुल्याे, सटर फाेड्ने समूह पक्राउ

360 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सटर फुटाएर मोवाइल चोरेको आरोपमा प्रहरीले बर्दियाबाट २ जनालाई पक्राउ गरेको छ ।
   पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर घर भएका ३० वर्षीय इस्लाम दिन र बाँकेको डुडुवा गाउँपालिका घर भएका ४० वर्षीय मुसा कुरेसी छन् ।
    असोज ६ मा राति २ बजे उनीहरुले बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारमा रहेको क्रितिसा इलेक्ट्रिकल पसलको सटर फुटाएर मोवाइल चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
   मोवाइल चोरेर भाग्दै गरेको अवस्थामा इस्लाम दिनलाई प्रहरीले घटनास्थलबाट पक्रेको थियो । चोरीमा संलग्न मुसा कुरेसीलाई बढैयाताल गाउँपालिकाको भोलागौडी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
   आरोपीहरुको साथबाट प्रहरीले चारवटा मोवाइल बरामद गरेको छ ।

nijgadh-supermart-adz1200-630