skip this yams_Max_Hospital.jpeg

एमाले बाराकाे पदाधिकारी चयन, देवनारायण चाैधरी बने अध्यक्ष

714 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : नेकपा (एमाले) बाराकाे अध्यक्षमा देवनारायण चाैधरी चयन भएका छन् ।
पार्टीले गठन गरेकाे प्रदेशस्तरिय कार्यदलले बाराकाे जिल्लाको पदाधिकारी चयन गरेकाे हाे । कार्यदलले अध्यक्षमा चाैधरी, उपाध्यक्ष विनाेद साह, सचिव माेहमद समिर,  सहसचिव गाेविन्द पाैडेललाई चयन गरेकाे हाे ।

विनाेद साह, उपाध्यक्ष

पार्टी  विभाजन भएसंगै जिल्ला अध्यक्ष सुन्दर विश्वकर्माले नेकपा (एकीकृत समाजवादी) राेजेपछि एमाले नेतृत्व विहीन भएपछि चाैधरीले कार्यबाहक सम्हालेका थिए ।
समीर बने सचिव
सचिव चयन भएका समीर अदालतको फैसलाले नेकपा विभाजन हुदाँ नेकपा (माओवादी केन्द्र ) छाडेर एमाले राेजेपछि प्रदेश सांसदबाट पदमुक्त भएका थिए । उनलाई ओली समुहले यसअघि पनि सचिव चयन गरेकाे थियाे ।

माेहमद समीर, सचिव                                                             अन्तरसंघर्ष पेचिलाे बनेसंगै दुवै समुहले बेग्लाबेग्लै संगठन चलेकाे थियाे । ओली समुहकाे बलबिर चाैधरीले नेतृत्व गरेका थिए । जिल्ला अध्यक्ष विश्वकर्मा कहिले माधव समूह त कहिले ओेली समुहमा देखिएपछि चाैधरीले कार्यबाहक पाएका थिए ।    
गाेविन्द पाैडेल, सहसचिव

१० बुदे सहमतिसंगै जेठ २ मा फर्किएसंगै पुरानै संगठन व्युताउने क्रममा प्रदेश २ का सांसद समेत रहेका विश्वकर्माले समाजवादीमा सनाखत गरेका थिए ।
चाैधरी जीतपुरका पुर्व गाविस अध्यक्ष हुन् । उनी प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नं. ४ मा प्रत्यासी समेत हुन् । लामाे समय नेपाल समुहमा रहेका चाैधरीले पार्टी विभाजन भएसंगै एमालेमै रहेका हुन् । नेता चाैधरीले अध्यक्ष चयन भएका चाैधरीले माैखिक रुपमा जानकारी पाएकाे बताए । फरकनेपालसँग टेलिफोनमा कुरा गर्दै नेता चाैधरीले भने-कार्यदलका सदस्यले फाेन गरेर बधाई दिनुभएकाे छ । पत्र प्राप्त भएकाे छैन ।

nijgadh-supermart-adz1200-630