निजगढ दुई दिनदेखि अन्धकार

912 shares

बारा : बाराकाे निजगढमा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएकाे छ ।
    हावाहुरीसंगै परेकाे वर्षाकाे कारण साेमबार साँझदेखि अवरुद्ध भएकाे विद्युत मंगलबार साँझसम्म सञ्चालनमा आएकाे छैन ।
   निजगढ-चपुर जंगलमा विद्युतीय उपकरणमा देखिएकाे समस्याकाे कारण अवरुद्ध बनेकाे विद्युत सञ्चालनकाे लागि प्राविधिकका प्राविधिक दिनभर लागि परे पनि मर्मत हुन नहुदा २४ घण्टादेखि निजगढमा विद्युत आपूर्ति ठप्प छ ।
  सेवाग्राहीले जानकारी लिन फाेन गर्दा नेपाल विद्युत प्राधिकरण निजगढ
कार्यालयकाे टेलिफोन र कार्यालय प्रमुख पुष्पेश्वर साहकाे माेवाईल समेत स्वीच अफ छ ।
एफएम बन्द
विद्युत नहुदा निजगढकाे सबै क्षेत्र प्रभावित भएकाे छ । निजगढमा सञ्चालित दुवै एफएमकाे प्रशारण बन्द भएकाे छ भने निजगढसमाचार प्रकाशित हुन सकेकाे छैन् । त्यसैगरि विद्युतिय उपकरण चार्ज नहुदा बन्द भएकाे छ । माेवाईल, ईन्टरनेट लगायत सञ्चालनमा समस्य भएकाे छ । विद्युत नहुदा मैनबत्ती बालिरहेका छन्।
  त्यसैगरि खानेपानी वितरणमा समेत समस्या भएकाे छ ।