मदन पुरस्कारका लागि छानिए आठ पुस्तक
वि.सं.२०७९ साउन २३ सोमवार १५:०४
1.71K
shares

काठमाडौं । मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन् । पुरस्कारका लागि जम्मा २९९ पुस्तक प्राप्त भएको र त्यसबाट आठ पुस्तक छनिएका हुन् ।
अग्नि, ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक संस्कृत -नेपाली शब्दकोश-, सतीः इतिहास र मीमांसा, हिति प्रणाली पुस्तक छानिएका हुन् ।यिनै आठमध्ये एकलाई २०७८ को मदन पुरस्कार अर्पण गरिनेछ।
वि.सं.२०७९ साउन २३ सोमवार १५:०४

















