लडेर घाइते बालिकाको सेनाले गर्यो उद्धार
वि.सं.२०७८ असोज १४ बिहीवार १४:२७
1.2K
shares
काठमाडौँ : नेपाली सेनाले डोल्पामा भीरबाट लडेर घाइते भएकी एक बालिकालाई उद्धार गरेर अस्पतालसम्म पुर्याएको छ ।
सेनाका अनुसार यही असोज १२ गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ को रसी की १५ वर्षीया बालिका चौँरी चराउन जाँदा भीरबाट लडेर घाइते भएकी थिइन् ।
उनलाई स्ट्रेचरमा बोकेर सेनाका जवानले अस्पतालसम्म पुर्याएका हुन् । नेपाली सेनाको रामवाण गुल्मको टोलीले जिल्ला अस्पताल पुर्याउन सहयोग गरेको सेनाले जनाएको छ ।
वि.सं.२०७८ असोज १४ बिहीवार १४:२७