skip this farak Kura Pravakar

बढे कोरोना संक्रमित, २४ घण्टामा ४१ सय बढीमा संक्रमण पुष्टि

480 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : पछिल्लो दिनमा देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
बितेको २४ घण्टामा मात्रै ४१ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा ११३२ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
दुबै विधिबाट जम्मा १६ हजार २९८ जनाको परीक्षण भएकोमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त हुँदा मृत्यु ३५ जनाको मृत्यु भएको छ ।
हालसम्म झन्डै ४० लाख जनामा कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् ।
यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ । यसअघि मंगलबार देशभर ३३८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २४ जनाको मृत्यु भएको थियो ।

nijgadh-supermart-adz1200-630