आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
वि.सं.२०७९ कात्तिक १७ बिहीवार ०६:३७
1.17K
shares

काठमाडौं-हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतः सफा रहेको छ।
आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ । भोलि देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
वि.सं.२०७९ कात्तिक १७ बिहीवार ०६:३७
















