skip this

विजया दशमीको दिनदेखि धनुषाबाट एक बालक बेपत्ता

60 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम-धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् । धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार गत कार्तिक ४ गते विजयादशमीको दिन बालक घरबाट निस्केका थिए । त्यसपछि उनी बेपत्ता छन् ।

परिवारजन तथा प्रहरीले निरन्तर खोजिरहे पनि साकेत फेला पर्न सकेका छैनन् । डीएसपी खनालका अनुसार प्रहरीले नजिकका गाउँघर तथा वरपर रहेका पोखरी, झाडी सबैमा खोजी भइसकेको छ ।

nijgadh-supermart-adz1200-630