skip this farak Kura Pravakar

निवर्तमान सांसद विश्वकर्माकाे सरकारी गाडी प्रहरीले नियन्त्रणमा लियाे

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-मधेस प्रदेशका निवर्तमान सांसद सुन्दर विश्वकर्माकाे गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारी गाडी प्रयाेग गरेर निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा हिडेकाे गुनासो आएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हाे ।

ईलाका प्रहरी कार्यालय सिमराकाे टाेलीले विश्वकर्माकाे जीतपुरसिमरा ४ ओैराहामा रहेकाे घरबाट उनी चढ्दै आएकाे प्रदेश २-०२ ००१ झ ००८८ नम्बरको स्कारपिओ गाडी नियन्त्रणमा लिएकाे प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

प्रहरी कार्यालय परिषरमा नियन्त्रणमा लिएकाे गाडी ।

२०७४ मा बारा ४ (क) मा नेकपा (एमाले) बाट निर्वाचित भएका विश्वकर्मा प्रदेशमा सचेतककाे जिम्मेवारीमा थिए । सचेतकले सवारी सुविधा पाउँछ । प्रदेश सभाकाे म्याद सकिएपछि पनि विश्वकर्माले गाडी फिर्ता गरेका थिएनन् ।

nijgadh-supermart-adz1200-630