skip this hetauda tech

जसपा बैठकमा अध्यक्षद्वयद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी

495 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको पहिलो दिनको बैठकमा संघीय परिषद् अध्यक्ष अशोककुमार राई र पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रतिवेदन पेस गरेका छन् ।

बैठकमा राईद्वारा प्रस्तुत “मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका” र पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत “प्रतिनिधि सभा/प्रदेश सभाको निर्वाचनसम्बन्धी समीक्षा” प्रतिवेदनमा छलफल भएको छ ।

एकैपटक प्रस्तुत प्रतिवेदनमा बोल्नका लागि ४० जना नेताहरूले नाम टिपाएका छन् । आज २७ जना नेताहरूले ती प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन् । आज बोल्ने अधिकांश वक्ताहरूले निर्वाचनको निर्मम समीक्षा हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने माग उठाएका छन् ।

निर्वाचनको सम्मुखमा गठबन्धन तोडेर एमालेसँग तालमेल गर्नुले कार्यकर्ताहरूमा अन्योल सिर्जना गरेको र अपेक्षाकृत परिणाम हासिल गर्न नसकिएको केही नेताहरूले तर्क राखेका छन् । बाँकी एजेन्डामाथि भोलि छलफल हुनेछ ।

nijgadh-supermart-adz1200-630