skip this

हेलिकप्टर चढेर मेलम्चीको मुहानमा पुगे खानेपानी मन्त्री (फोटोफिचर)

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको क्षतिग्रस्त वाँध र सुरुङको निरीक्षण गरेका छन् ।
हेलिकप्टर चढेर मन्त्रालयका सचिव, विभागीय प्रमुखसहित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानपानी आयोजनाको क्षतिग्रस्त प्रमुख बाँध स्थल र सुरुङको मन्त्री चौधरीले निरीक्षण गरे ।


तत्काल मर्मत गर्न निर्देशन
मन्त्री चौधरीले आयोजना प्रमुख र प्राविधिकसहित निरीक्षणपछि कर्मचारीहरुलाई तत्काल अस्थायी संरचनाको मर्मत र निर्माण गर्न निर्देशन दिएका छन् । मर्मत तथा निर्माणको लागि तत्काल विगतकै अस्थायी संरचनाबाटै काठमाडौबासीले खानेपानी पठाउने बताएका छन् ।


मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउनको लागि गत असार १ गते अघि केही समय प्रयोग भएको अस्थायी वाँध र सुरुङको पहिलो चरणमा प्राथमिकताको आधारमा मर्मत गरी संचालन गर्ने बताए । मन्त्री चौधरीले मेलम्ची खानेपानी आयोजनालाई अस्थायी र स्थायी गरी दुई चरणमा भौतिक संरचनाको निर्माण गर्नु पर्ने बताए ।


उनले स्थायीरुपमा पानी सुरुङमा पथान्तरण गर्न पहिरो नियन्त्रण, स्थायी बाँधको संरचना निर्माण र मर्मत, बाँधस्थलको उत्तरतर्फको मेलम्ची खोला उद्गमस्थल नजिक रहेको भेमाथानमा रहेको भुक्षय नियन्त्रणको कार्य अनिबार्य रहेको बताए ।


अम्बाथान पुगेका हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई मेलम्ची खोलाले क्षतिग्रस्त बनाएको ग्याल्थुमदेखि आयोजना बाँधस्थलसम्मको क्षतिग्रस्त करिव १४ किलोमिटर बाटो गाउँपालिकाकै स्रोतबाट बाटो निर्माण गरेकोमा धन्यबाद दिए ।

nijgadh-supermart-adz1200-630