skip this

राप्रपा बारा अध्यक्ष बने गिरिधारी चौधरी

2.5K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाराको जिल्ला अधिवेशनले गिरिधारी चौधरीलाई जिल्ला अध्यक्ष निर्वाचित गरेको छ ।
पार्टीको कलैयास्थित एभरेष्ट लजमा सम्पन्न अधिवेशनले चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अधिवशेनको सोमबार उद्घाटन भएको थियो । अधिवेशनको विशेष समितिका सदस्य एवं पूर्व मन्त्री भुवन पाठकले उद्घाटन गरेका थिए ।

अध्यक्ष पदका ११ जनाले आकाक्षी देखिएपछि लामो छलफलपछि मंगलबार सर्वसम्मत रुपमा चौधरीलाई अध्ययक्ष चयन गरेको हो । अन्य पदाधिकारीको चयन जिल्ला परिषद्ले चयन गर्ने सहमति जुटेको छ ।
अधिवेशनमा निर्देशन समितिका सदस्य मोहन यादब, कार्य सम्पादन समितिका सदस्य रामबहादुर थापा, गिरिधारी प्रसाद चौधरी, विनोद कुमार भारती, जिल्ला उपाध्यक्ष शिवप्रसाद तिमल्सिना, क्षेत्रिय अध्यक्ष जलिल देवान, बारा क्षेत्र नं. १ ‘क’ का अध्यक्ष भक्त दलार्मी, जीतपुरसिमरा अध्यक्ष माधवप्रसाद त्रिपाठी, बारागढी गाउँपालिका अध्यक्ष शंकर जयसवाल लगायतले सम्बोधन गरेको थिए ।

जिल्ला अध्यक्षद्धय राजनारायण साह र भरत मल्लले संयुक्त रुपमा अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेतीले गरेका थिए ।
राप्रपाको महाधिवेशन मंसिर ११–१३ गतेसम्म काठमाण्डौंमा हुदैछ । त्यसअघि वडा, नगर, जिल्ला र प्रदेश अधिवेशन भईरहेको छ । प्रदेश अधिवेशन कार्तिक २८ गते जनकपुरमा हुने केन्द्रीय कार्यसम्पादन समितिका सदस्य विनोद कुमार भारतीले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630