skip this

प्रधानमन्त्रीद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकाे नेपाली टिमलाई बधाई

945 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीले पु¥याउनुभएको योगदानको उच्च प्रशंसासमेत गरेका छन् ।

उनले लेखेका छन्, “श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछु ।”

nijgadh-supermart-adz1200-630