skip this

जिपको ठक्करबाट सिन्धुलीमा बालिकाको मृत्यु

762 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सिन्धुली – सिन्धुलीमा आज दिउँसो जिपको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

जिपले ठक्कर दिँदा तिनपाटन गाउँपालिका–११ की ९ वर्षीया ममता तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–७ मा सडक पार गर्ने क्रममा बालिकालाई बा ४ ख ६६७३ नम्बरको जीपले ठक्कर दिएको थियो ।

बालिकालाई ठक्कर दिने जीपका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630