skip this

सूचना प्रविधिको उपयोगमार्फत महिलालाईलाई शसक्त बनाउन आवश्यक

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

‘लैगिक समानताको बलियो आधार, सिर्जनात्मक प्राविधिमा महिला पहुँचको बिस्तार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ ८ मार्च तथा नारी दिवस देशभरी विभिन्न कार्यक्रमका साथ मनाईएको छ ।

काठमाडौंको होटेल एल्लो पेगोडामा गरिएको Digital innovation and technology for gender equality सम्बन्धि कार्यक्रममा प्रमुख अथिती नेकपा (एमाले) प्रतिनिधि सभा सदस्य मेनका कुमारी पाेखरेल आफुहरु राज्यको एउटा निकाय रहेको र कानुन निर्माण गर्ने हैसियत भएको तर खबरदारी गर्ने काम जनताको रहेको बताईन् ।

समाज बदल्न परिवार बदल्न पहिले आफुबाट सुरु गर्नुपर्ने र छिमेकिले सिक्ने, भाइ भतिजा गर्दै देश बदलिने र महिला पुरुषलाई बराबर दृष्टिले हेरिने बताईन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकि सभासद डाः चन्दा कार्कीले आफू नाम र पैसा होईन गाउँगाउँका महिला, दलित, गरिबहरुको आवाज सुन्न, सबैलाई समानतामा ल्याउन आफू नेता बनेको र आफुले चाहेको जस्तो राजनीति देशमा भएको बताईन् ।

सांसदमा महिलाले सुन्य समयमा बोलेको कुनै अर्थ नरहने र आफ्नो चाहाना त सबै बसेर छलफल गरेर मात्र नियम कानुन पास गरिनु पर्ने तर त्यस्तो नभएको बताईन ।

आफू आफ्नो चिकित्सक पेशामा नै धेरै सन्तुष्ट रहेको जनताको सेवा गर्न पाएको बताईन । महिला र पुरुषबिच समानता नआउनुमा अहिलेपनि ग्रामीण क्षेत्रमा छोराछोरी बिच विभेद छ । महिलाको शिक्षाको बारेमा घरको बुव, दाजुभाइ, बिहे गरेको घरमा ससुरा, जेठाजु, देवरको इच्छा हुन्छ । त्यसैले हामीले छोराछोरीलाई समान व्यबहार गर्नुपर्ने र अबको दिनमा हरेक क्षेत्रमा महिला पुरुषमा समानता हुने र देश बिभेदरहित बनी बिकास हुने बताईन ।

नेपाली कांग्रेसकी सभासद्ले महिलालाई निर्वाचनमै बिभेद गरेर ३३ प्रतिशत मात्र टिकट दिने गरेकोले हामी ५० प्रतिशतमा पुग्न नसकेको बताएका थिए । निर्वाचन प्रणालीमै ५० प्रतिशत टिकट पाउने प्राबधान हुनुपर्ने बताएका छन् ।
त्यसैगरी नेपाल प्रहरीका साइबर ब्यूरो प्रहरी नायब उपरीक्षक प्रदीप ताम्राकारले बिधुतिय माध्यमबाट हुने अपराध, त्यसबाट बच्ने उपाय र कानुनी कार्वाहीको बारेमा बिस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए । ईमेल ह्यकर, थ्रेट र साइबर क्राइमका घटना सम्बन्धि छलफल चलाएका थिए ।

त्यसैगरी नेपाल दुरसन्चार प्राधिकरण पुर्व वरिष्ठ निर्देशक तथा युएन ईन्टरनेट गभर्नेस फोरमका सदस्य आनन्दराज खनालले ईन्टरनेट सम्बन्धि धेरै फाइदा बेफाइदा र फेसबुका ह्याक सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

सांसद यमुना देबि श्रेष्ठ, आशा बि.क, कुसुम थापा, लगाएत मानव अधिकारकर्मी, संघसंगठन, सन्चारकर्मी लगाएतको सहभागीता थियो । सुरक्षित नेपालको आयोजनामा गरिएको उक्क्त कार्यक्रमको अध्यक्षता सस्थाकी अध्यक्ष पुनम श्रेष्ठले गरेकी थिईन् भने कार्यक्रमको स्वागत नागरिक समाजका ऋषि राज ओझाले गरेका थिए ।

nijgadh-supermart-adz1200-630