skip this

साहित्यमा हाइकुको महत्वपूर्ण भूमिका छ : पूर्व सदस्य सचिव प्रा.उपाध्याय

1.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्यायले साहित्यमा हाइकुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

पेरोल साहित्य प्रतिष्ठान, नेपालको आयोजनामा काठमाण्डौंको थापागा“उमा आयोजित नव वर्ष २०८० को अवसरमा शुभकामना आदन प्रदान तथा हाइकु विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली साहित्वको विकासमा साहित्यकारले खेलेको भूमिकाको प्रशंसा गरे ।

प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले हाइकुलाई नेपाली माटो सुहाँउदो बनाउँदै जानुपर्नेमा जोड दिए । नेपाली साहित्यमा हाइकु समृद्धि हुदै गएको बताए ।

उक्त कार्यक्रममा बरिष्ठ अतिथि प्रा. डा रामकुमार पाँडेले हाइकु विश्व कविता भएकाले नेपाल लेखनमा उर्वर भूमि भएको बताए । साथै ५–७–५ को संरचनामा हाइकु लेखिनु नै नेपाली पर्दछ भन्ने धारणा राखे ।

यसैगरी बरिष्ठ अतिथि प्रा.पुस्कार लोहनीले नेपालमा हाइकुको प्रवेशसँगै विकासको यात्रामा लागिरहेको बताए।

सो कार्यक्रमा अतिथि प्राज्ञ चेतनाथ धमाला, गंगा लिगल, मोहन बहादुर कायस्थ, दिल पौडेल, चन्द्रकला शाह र ललिता ‘दोषी’ लगायतले मन्तव्य सहित हाइकु बाचन गरेका थिए ।

बैरागी जेठाको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले व्यानर पढेर गरेका थिए ।

पेरोल साहित्य प्रतिष्ठान अध्यक्ष रेणुका भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन अन्जना पौडेल द्धारा भएको उक्त अवसरमा नयाँ वर्ष २०८० सालको शुभकामना सहित हाइकु बाचन भएको थियो ।

हाइकु बाचनमा सानु शर्मा,उर्मिला पन्त, ललिता ‘दोषी’ अन्जना पौडेल, वैरागी जेठा, सुनिल पुरी, दिल पौडेल, पुस्कर लोहनी, प्रा.डा. रामकुमार पाँडे, प्रमुख अथिति लगायतले हाइक बाचन गरेका थिए ।

पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष वी.के पाल्पालीको हाइकुमा भएको योगदानको पनि चर्चा गरिएको थियो ।

अन्त्यमा सभापत्विको मन्तव्य सहित सभा सम्पन्न भएको सो कार्यक्रम काव्य घर मिडिया प्रा. लिको सभा हलमा भएको थियो ।

उक्त कार्यक्रममा ढुण्डिराज पोखरेल, रामहरी सापकोटा, सुस्मिता वेलबासे, तारा खड्का, शान्त बस्नेत र फरक नेपाल डट.कमका अध्यक्ष महेश्वर अधिकारी लगायतको उपस्थिति थियो ।

भिडियो :

https://fb.watch/jTFL-cIrDL/?mibextid=NnVzG8

 

nijgadh-supermart-adz1200-630