skip this

अवहेलना मुद्दामा मेयर बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठले एकल इजलासले अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफ माग्न आदेश दिएको छ । मेयर बालेनले हिन्दी फिल्म चलाउन दिने उच्च अदालत पाटनको आदेश नमान्ने अभिव्यक्ति दिँदै त्यसका लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताएका थिए ।अदालतको मानहानी भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले मेयर बालेनलाई प्रतिवादी सर्वोच्चमा निवेदन दिएकी थिइन् ।

nijgadh-supermart-adz1200-630