skip this

अहिलेको समाजवादी मोर्चा दन्दनाएर अगाडि बढ्न आवश्यक छ : अध्यक्ष नेपाल

792 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । अहिलेको समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फूर्तिफार्ति गर्नेका विरुद्ध भएको नेकपा (एमाले) का अध्यक्ष माधव कुमार नेपालको भनाई छ । आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यो मोर्चा दन्दनाएर अगाडि बढ्न आवश्यक रहेको जिकिर गरेका छन् ।

अध्यक्ष नेपालले भने, ‘समाजवादी मोर्चाको पनि बैठक आयोजना गर्ने कुरा सोचिरहेका छौं । कसैलाई लाग्या छ यो मोर्चा बनाएपछि हाम्रो अस्तित्व सकिन्छ । कसैलाई लाग्या छ यो मोर्चा नबनाए राम्रो हुन्थ्यो । कसैलाई लाग्या छ यो मोर्चा बनाएर हामी दन्दनाएर अगााडि बढ्नुपर्छ । मोर्चामा हामी आज पहिलो पटक सहभागी भएका होइनौं । २०४६ सालमा पनि मोर्चा बनाउने कुरामा हामीले नै पहल गरेका हौं ।’

nijgadh-supermart-adz1200-630